Aakash (आकाश)- Sky

म सानो छदा एकै चिज मेरो मनमा उर्लिरहन्थ्यो ‘म किन स्वतन्त्र छैन’? । मेरो आफ्नो निजी जीवन हो चाहेमा एक मिनेटमै अन्य गर्न सक्छु भने किन म बाटोबाटो ना¨ै हिड्न सत्तिन ? किन सारा कृत्रिम साइलाहरूले प्राकृतिक जीवनलाई बेरिदिन्छ ? आखिर जीवन मेरो होइन र ? आकाश हेर्थे सर भन्नु हुन्छ यसको अन्त्य कतै छैन । त, कति ठूलो छ आकाश ? आकाश के हो ? म र आकाश दुवै प्रकृतिका देन होइनौं ? उ किन त्यति ठूलो, कहिल्यै मर्नु पनि नपर्ने अनि म ? एउटा पाठ पूरा गरिन भने पनि गाली खानुपर्ने । भगवानले यदि सारा संसारका चक्रहरु बनाइदिएका हन् भने, यो मानवचक्र , आकाशको चक्र अनि सारा चक्रहरूको समय र अस्थित्व उही हुने हुनुपर्ने होइन ?


त्यो दिन बस लडेर छतले चेपि बिस्तारै मेरै सामुन्ने मृत्युवरण गरिरहनु भएको मेरा सर अनि बस पल्टेको पहिलो पटक देखेर होला , रमाउदै उफ्रदै पैतलामुनी कुचिएको कुनै निर्दोष जीवको मरण बराबर हुने थियो होला । घर नजिकको घाटमा दनकि रहेको चितामा आगोको लप्काभित्र निशंकोच लम्पसार परिरहनु भएको सरलाई प्रश्न गर्छु र्– सर त य“हा पो हुनुहुदो रहेछ , तेस्रो पिरियडको घन्टी लाग्ने बेला भो आज पढाउन आउनु हु“दैन ? मैले सबै पाठ पूरा गरे सर , तपाईले हिजो मेरो डट पेन लगेर दिनै भुल्नु भएछ नी † ममीलाई फकाएर अर्को किन्नुप¥यो । सर एक दिन मलाई भनिदिनु ल आकाश कत्रो छ ? म पनि माथि माथि पुग्न सक्छु होला है सर ? रकेट बिग्रियो भने त मरिन्छ नि सर । मैले अस्ती राति रकेट देखेको , सर मलाई पनि स“गै लानुपर्छ है माथि अनि माथिबाट पूरैे आकाश देखिन्छ होला नि बल्ल ।’ अचानक ठयाम्म आवाज आउछ ‘लौ खप्पर पडकियो’ । एउटा हातमा सुकेका पातले बेरेको चुरोट तान्दै अर्को हातले च्याउरिएका गालाबाट फुलेका कपालहरू संगाल्दै ठूलो सुस्केरी भर्दै मेरी आमै भन्छिन– हामी पनि यसरी जाने होला नी, एकदिन माथि । च्वः च्वः यस्तो अर्धबैंसैमा माथि जानुप¥यो यो मास्टरलाई । हेर, घर परिवार, सानो त्यो नौ महिने काखाको बच्चाको बिचली π कठै बरा हिजै मात्र मस“गै आएर आमा सन्चै हुनुुहुन्छ ? भनेर गएका थिए आज.... हे भगवान π तिम्रो विचित्रता बुझिनसक्नु छ । म दिन गनेर बसेकी बुढीलाई छाडेर यस्ता हसिला कसैलाई दुःख दिन नजानेका, मीठो बोलि वचन भएका मास्टरलाई लग्यो । (लामो श्वास तान्दै ) हेर बाबु † तिम्रा सर मरे तैंले अस्ति यिनै सरले गालि गरे भनेको होइनस्, अझ यस्ता सर मरे पनि हुन्छ भन्थिस....। कापिरहेका हातले मेरो टाउको आफूतिर फर्काउदै आ“खा भरिका आ“शु च्यातिएको मझेत्रोले पुस्छिन ।

ओ बुढी π कति चुरोट खाकी हौ अनि किन रोएकी नि ? चुरोट धेरै नखाउ यहि सरले भन्नु भएको मरिन्छ रे चा“डै रोग लागेर । मर्न मन लागे मात्र खाउ नत्र नखाउ । ‘बाबु काल चाडै आओस अलि चाडो मर्न पाए हुन्थ्यो भनेर नै खाकी हुम’ । अ“ π मरेपछि कहिले आउनुहुन्छ नि फेरि । मेरो ममी , डायडी ,म , बहिनी पनि मर्छौ कि ? ‘भगवानको घर जाने हो हामी सबै एक न एक दिन जानै पर्छ’ । ए π भगवानको घर आकाशमा हुन्छ है, क्या मज्जा आकाश पुरै देख्न पाइने भो , सा“चि आबै म कहिले जाने ? म आजै जान्छु नि , रकेट π ए रकेटमा घ“ुइय जानु पर्छ है π हातमा खेलाइ रहेको बा“सको खपेटो बल कसेर खोलामा फ्याक्छु । ‘बाबु कति चक्–चक् गर्छस ह“ , सर मरेको पीरै छैन तलाई, थुपुक्क हेरेर बस । केटारी भन्नु त केटारी । भोलिपर्सि मलाई पनि तेरा सरलाई जस्तै गरि पोल्छन् , यस्तालाई के थाहा’ । अ“ कतै मेरो सर मर्नु भएको हो नि ? मरेको हो भने सरको सानो छोरो छ नि असित उसले कसलाई ड्याडी भन्छ नि ? अनि मलाई कसले माथि लान्छ नि ? हाम्रा सरले त जाडो भएर आगो ताप्नु भएको हो के आबै । हाम्रो सर त बलियो हुनुहुन्छ । आगोले पोल्दैन केरे । सरले हिजो स्कुलमा ‘जा“ केटा रुमिना मिस स“ग अभिमान सरले भन्नु भएको भनेर चक ल्याइस भने त“लाई एक दिन आकाश हेर्न लान्छु नि भन्नुभा छ’ । भोलिपर्सि सर बुढो हुनुहुन्छ रे सरको छोरा छ नि असित उ सर जत्रो हुन्छ रे अनि सर मर्नु हुन्छ रे अनि सरलाई दाउरा माथि राखेर असितले आगो लाउछ रे अनि सर त आकाशमा तारा भएर सवैलाई हेर्नु हुन्छ रे , अनि सर पढाउन पनि आउनु हुन्न रे । ‘बाबु कुरा त बुझ तिम्रा सर आज माथि तारा बन्न गए अब कहिल्यै पढाउन आउन्नन् । देखेनस् अघि सरलाई दाउरामा सुताई रहेथे असित आयो भुरु¨सेराका जेठाबाले असितको हातमा आगो छुवाएर आगो लगाएको ? अहिले सर खरानी र धु“वा बने । सर त माथि भगवानको घर गए ,भगवान राम्रो मान्छेलाई मात्र डाक्नु हुन्छ बाबु , भोली पर्सि फेरि सर तिमी जस्तै भएर यहि आउनु हुन्छ ।’ अनि मलाई पनि सरले स“गै माथि लान्छु भन्नु भएथ्यो आकाश हेर्न हिजो, (रुदै) कति छुच्चो सर अब पाठ नै गर्दिन नि सरको, सरको छोरालाई माया नै गर्दिन नि , भेटे पिटे् दिन्छु असित ससितलाई ।


आज आ“खा भरि आ“शु संगाल्दै त्यही आकाश हेर्छु , ताराहरूमा सरको याद कुन्दछु । अभैm लाग्छ मलाई माथी लगेर पुरै आकाश देखाउने बा“चा दिनु भएको मेरो सर यहि कतै हुनुहुन्छ । अनि ती दिन, ती बालापन सम्झदा लाग्छ जीवन बुझिनसक्नु छ । साना छदा लाग्थ्यो जीवन मात्र मेरो हो, म मेरो खुसीको लागि बा“चिरहेको छु तर आज जीवनको २४ औं पाना पल्टाउदा लाग्छ जीवन आफ्नो कसैगरी पनि होइन । बाच्नुपर्छ अर्काको लागि । जीवन त एउटा वृहत किताब जस्तै हो । नौ महिना आमाको कोखबाट जन्मे पछि पहिलो रुवाइस“गै प्रथम पृष्ठमा उसको किताबको शिर्षक कोरिन्छ, दोस्रो पृष्ठमा उसलाई जन्मदिने आमाबाबु देखि सम्पूर्ण नातेदारहरूको नाम कोरिन्छ । छैठीको दिन भाविले उसलाई अर्को पृष्ठमा जीवन तालिका कोरिदिन्छिन । अनि त न्वारानण्स“गै आफ्नो परिचयलाई आफै कोर्दै पानाहरू भर्दै जीवनभरमा एउटा सिंगो किताब तयार गर्नुपर्छ । भन्छन् आत्महत्या गर्नेहरू लाचारी हुन, काल नआई मर्नेहरु अभागी हुन । तर म भन्छु ती शाहासी हुन, भाग्यमानी हुन । एक मुठी हा“सो, एक मुठी आ“शु जीवनको प्राप्ती मात्र हो भने गणितीय हिसाबमा जीवन बा“चेर घाटा छ । जीवन भन्नु त नाटक जस्तै हो ।


आज आफै थाहा पाउ“दै छु आकाश सानो छ । आकाश जति म देख्छु उति मात्र छ । बैज्ञानिक युगमा एक हिसाबले हेर्ने हो भने माथी आकाशमा पुग्न असम्भब रहेनछ । (आबैको सराद्घ) पहेला अक्षेता डयाडी मलाई लगाउदै गर्दा असित टुप्लुक्क भित्र छिर्दै ‘दाई म दश कक्षा पास भए नि तपाई घर पा“च महिनामा मात्र आउनु भो यस पाली त, हेर्नु न अब मलाई पाईलट बन्न मन लागेको छ ,आकाश माथी उड्न मन लागेको छ । हेर्नु न क“हा गएर बुझ्नु पर्ने हो थाहा नै भएन , ममीलाई यस्तो कुरा थाहा हुदैन, पारीको प्लस टूमा पढ् भन्नु हुन्छ यदि ड्याडी.... (उसको आवाज रोकियो), मेरो ड्याडी तपाईको सर हुनु हुन्थ्यो रे हो, ममीले आज भन्नु भएको, सा“ची कस्तो हुनु हुन्थ्यो । आ“खा भरि आ“शु बगाउदै मलाई झम्टिन्छ । ‘आज बुबाको मुख हर्ने दिन तपाईस“ग ड्याडीको फोटो छ कि भनेर ?’ जस्तो मेरो सरले मलाई आकाश देखाई दिने बा“चा दिनु भएको थियो, त्यहि आकाशमा पाइलट बन्ने उसको रहर देख्दा लाग्छ उ नै मेरो सरको अर्काे रुप हो, आप्mनो अपूरो बा“चा पुरा गर्न उसलाई सानो सर बनाएर पठाउनु भएको हो । उसलाई थाहा छैन उसको बुबा कस्तो हुनुहुन्थ्यो भनेर, तर लाग्छ उसको बुबा भन्दा मेरो सरको मसंग साईनो गाढा छ । न म संग सरको फोटो छ न कुनै चिज छ ता कि म उसलाई तिम्रो बुबा यस्तो हुनुहुन्थ्यो भनेर भन्न सकु । छ त केवल बालापनका ती यादहरु, अनगिन्ती सम्झनाहरु । यिनै यादहरु र सम्झनाहरु तिम्रो लागि नै भनेर आज कागजको टुक्रामा कोर्दै छु सायद यो पढे पछि थाहा पाउने छौ तिम्रो बुबा कस्तो हुनुहुन्थ्यो भनेर ।

Upcommings

  • कतै तिम्रो... If Yours
  • परिर्वतन - Changes
  • जीवनका र¨हरु - Colors of Life
  • यहा बा“च्न चाहनेहरु - Here, Who wants to Live
  • उजाड जिन्दगी - Barren Life
  • चाहाना तिम्रो - Yours Dreams
  • आज उनी हासिन - She laughed today
  • उनीलाई फेरि सम्झिएछु - I Remembered her again
  • शुन्यतामा फर्कदै गरेका पाइलाहरू - Footsteps Returning Back From Emptiness
  • उसलाई - For You
  • नेता - Politician
  • एउटा - One
  • शुभकामना - Goodluck
  • मेरो रहर रहेछ - Was my dream
  • मलाई - For Me
  • गीत - Song
  • तिमी - You
  • म - I
  • तिमं्रो विविधता - Yours Advantages
  • तिमी बिना - Without You
  • तिमीलाई भन म कसरी - How I Say To You
  • यर्थातता - The Facts
  • साथीहरु - Friends
  • शंका लाग्छ तिमीमा - Doubt on You
  • पवित्र सम्बन्ध - Pure Relationship
  • मेरो जीवन - My Life
  • मन लाग्यो - Wish To
  • तिमी किन पर्खि बसेकी ? - Why are you waiting?
  • तिमीस“ग (कविता) - With You (Poem)
  • उनी - She
  • किन यसरी बदलि दियौ - Why are you changed like this?
  • उनको विश्वास - Trust of her
  • उपहार के दिउ“ तिमीलाई - What present should I give to you?
  • फेरि फर्की आए - If returned back again
  • जीवन मेरो - Life of Mine
  • गा“स्न मनहरु - Bounding Hearts
  • तिमीलाई - For You
  • एक दिन - One Day
  • माया सा“चो छ - Love is True
  • भैंसी - Buffalo
  • तिमी सामुन्ने ह“ुदा - You being infront of me
  • किन पूmल्छ पूmल - Why Flower Blooms?
  • रगत - Blood
  • किन खेल्नु प¥यो - Why should it be played?
  • यदि - If
  • मेरो तृष्णा - My Thirst
  • समयले कु“देको गल्ली - Street Wandered by Time
  • आ“शुको शराप - Curse of Tears