Jiban (जीवन) - Life

आखिर जीवन के हो ? मानव जीवन चोला के हो ? जीवनको अर्थ मात्र जन्म र मृत्यु हो ? जन्म मृत्यु होइन भने के हो ? मलाई लाग्छ जीवन त एउटा कष्टपूर्ण जन्म र मृत्युको चक्र हो । मृत्यु त निश्चित छ नै । कसैले रोकेर रोकिने बाला छैन । त अर्थ के छ जीवनको ? के मृत्यु वरण नै उद्देश्य हो जीवनको? त्यसो भए यो जीवनलाई त्यागी दिउ ? यदि साच्चीकै जीवन संजाय हो भने के अर्थ छ दुई मुठी श्वासको साहारामा यो पापी संसारमा जीवन गुजार्नु ? गणितीय हिसाबमा जीवन बाचेर घाटा नै देखिन्छ भने माटो र पानीले बनेको खोक्रो आडम्वरलाई किन माटो र पानीमा विलिन नगर्नु ? अर्थहिन अतित्वलाई क्षणभरमा नै समाप्त किन गर्नु ? किन डराउछौं हामी ? सक्दैनौं एक घुट्को विष पिउन, आफ्नो गलामा फा“सिको माला गा“स्न ? यदि सक्दैनौं भने कायर नामर्र्द हौे । कुनै न कुनै रूपमा स्वार्थी हौं । जब चारैतिर अन्धकार अन्धकार नै छ भने, आफू वरिपरि साङ्गाहरूले बेरिएको छ भने के अर्थ नै हुन्छ एउटा जीवन धड्कन मात्रको साहारामा ? जीवन पथभर का“डैका“डा छ भने एउटा का“डा त झिकौला जसो तसो तर सबै झिक्न असंभव छ... । संघर्ष गरौला कराउ“ला चिच्चाउला आखिर निश्चित जित मेरो हु“दैन । हामी त सिर्फ दास हौं, समयको दास ।


बगिरहेको नदीलाई नियालेर हेर्छु, कति रहर लाग्दो छ उसको जीवन । छालहरू रमाई रमाई दाया र बा“या किनार समुन्द्र पुग्ने आशमा कुदिरहेछन् । आफ्नो निसंकोच भावना अदृश्य शक्ति बोकेर उद्देश्य प्राप्तिलाई लम्किरहेछन । निलो आकाशको छाया उनीहरू भित्र देख्छु अनि लाग्छ कति विशाल ह्दय रहेछ । त्यत्रो आकाश पनि स“गै बोकी हिंडदछौं । कति शान्त छ तिम्रा भावना, निर्भिक रूपमा बगिरहेछौं । एक अञ्जुली पानी उभ्याउछु । लज्जित भएर उनीहरू भाग्न खोज्छन् । बेसरी अचेट्दछु चिम्टदछु उफ् के दुख्यो उनीहरूलाई...।

अञ्जुली खोज्छु भागिसके छन् । आफ्ना उद्देश्य प्राप्तिलाई कति आज्ञाकारी छन् । एउटा कुरा त ख्याल गर्नै भुलेछु । उनीहरूको आत्मा, धडकन, मुटु ? थिएन, थिएन सायद किनकी उनीहरू चिसा थिए । उनीहरूको धड्कन थिएन । पक्कै पनि आफ्नो अस्तित्व दान गरिसकेका थिए उनीहरूले । तप्तप् पानीका छिटाहरू मेरो हातमा झरे जस्तो लाग्यो । क“हाबाट आए होलान् भनि माथि हेर्छु । सगर सफा नै छ । छाम्छु , तर तर फरक ? किन ? उनीहरूको आत्मा त तातो छ नि । अच्चम लाग्यो सायद उनीहरू जिवित छन् क्यारे । खोज्दै जा“दा थाहा पाए उनीहरू त मेरै आ“खाबाट आ“शु पनि झरिरहेका रहेछन । म मा पनि आ“शु रहेछ । अजिव वस्तुलाई लुकाएर बसिरहेको एउटा जीवित वस्तु रहेछ । धड्कन छाम्छु चलिरहेछ । शरीरमा पनि तातो छ । कति भाग्यमानी छु म तिनीहरूभन्दा । हेर † मेरो त तिम्रो जस्तो चिसो आत्मा छैन । न समुन्द्रसम्म पुग्नुनै छ । मेरो त उद्देश्य के नै छ र ? म त बगे पनि हुन्छ । नबगे पनि हुन्छ । बगिरहनुपर्छ भन्ने छैन मलाई, म त आफैलाई रोकिदिन सक्छु । टुक्राटुक्रा भइ बा“च्न पनि सक्छु । एउटा धु“वाको मुसलो भएर उडिदिन सक्छु । तर म त बगिरहेछु नि । म आफै होइन कोहि जबरजस्ती बगाइरहेछ । धेरै दिन अघिबाट मेरो सानो ह्दयमा जबरजस्ती खिल रोपेर त्यही खिलमा धागो अल्झाइ मलाई कोही तानिरहेछ । मेरो आत्मा अरुको हातबाट चलिरहेछ । जन्म र मृत्युको खेल मैदानमा कोही आ“खामा पट्टि लगाई जबरजस्ती मलाई कुदाइरहेछ । थाहा हु“दा हु“दै पनि नाट्कीय पात्र भएर दुई मुटुको श्वासको आडम्वर बोकेर मृत्युको प्रतिक्षामा अञ्जानका यात्री भएर बस्नु परेको छ । लाग्छ मैले के नै पाएर यो जुनिमा मानव भएर के नै गर्न सके म एउटा धड्कन र अस्तिवले सुसज्जित भएर ? यो खोक्रो छा“या धर्तीलाई बोझ भएका छ । यस सृष्टिका अरु प्राणीहरूलाई दुःख र पीडा बाहेक के उपहार नै थमाउन सके र मैले ? म त पापी बने, संसारकै पापी ।

Upcommings

  • कतै तिम्रो... If Yours
  • परिर्वतन - Changes
  • जीवनका र¨हरु - Colors of Life
  • यहा बा“च्न चाहनेहरु - Here, Who wants to Live
  • उजाड जिन्दगी - Barren Life
  • चाहाना तिम्रो - Yours Dreams
  • आज उनी हासिन - She laughed today
  • उनीलाई फेरि सम्झिएछु - I Remembered her again
  • शुन्यतामा फर्कदै गरेका पाइलाहरू - Footsteps Returning Back From Emptiness
  • उसलाई - For You
  • नेता - Politician
  • एउटा - One
  • शुभकामना - Goodluck
  • मेरो रहर रहेछ - Was my dream
  • मलाई - For Me
  • गीत - Song
  • तिमी - You
  • म - I
  • तिमं्रो विविधता - Yours Advantages
  • तिमी बिना - Without You
  • तिमीलाई भन म कसरी - How I Say To You
  • यर्थातता - The Facts
  • साथीहरु - Friends
  • शंका लाग्छ तिमीमा - Doubt on You
  • पवित्र सम्बन्ध - Pure Relationship
  • मेरो जीवन - My Life
  • मन लाग्यो - Wish To
  • तिमी किन पर्खि बसेकी ? - Why are you waiting?
  • तिमीस“ग (कविता) - With You (Poem)
  • उनी - She
  • किन यसरी बदलि दियौ - Why are you changed like this?
  • उनको विश्वास - Trust of her
  • उपहार के दिउ“ तिमीलाई - What present should I give to you?
  • फेरि फर्की आए - If returned back again
  • जीवन मेरो - Life of Mine
  • गा“स्न मनहरु - Bounding Hearts
  • तिमीलाई - For You
  • एक दिन - One Day
  • माया सा“चो छ - Love is True
  • भैंसी - Buffalo
  • तिमी सामुन्ने ह“ुदा - You being infront of me
  • किन पूmल्छ पूmल - Why Flower Blooms?
  • रगत - Blood
  • किन खेल्नु प¥यो - Why should it be played?
  • यदि - If
  • मेरो तृष्णा - My Thirst
  • समयले कु“देको गल्ली - Street Wandered by Time
  • आ“शुको शराप - Curse of Tears